HamroNepalDainik.com
समाचार

मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि, आफू बसेको ठाउँबाटै दर्ता गर्न सकिने

१५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

बुधबार काठमाडौ‌ंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको बताएका हुन् ।

मतदाता नामावली संकलन अभियानका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा जनशक्ति पठाउने कार्य भइरहेको उनले बताए । उनले भने, ‘अब आयोगले जो जहाँ छ त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था मिलाएको छ । दर्ता आफू बसेको ठाउँबाट गरिए पनि त्यो रेकर्ड सम्बन्धित नगर, गाउँ, वडामा आयोगले पठाइदिन्छ ।’

उनले अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै ईलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको बताए ।

माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्ने आयोगको तयारी

प्रमुख आयुक्त थपलियाले आउँदो माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्ने गरी आयोगको तयारी गरिरहेको बताए । उनले उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेको र सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि बताए ।

उनले अगाडि भने, ‘आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरुको पद रिक्त हुन्छ । ६ गतेदेखि रिक्तता आउने भएको हुनाले त्यो अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्दछ, हुनुपर्दछ भनेर आवश्यक तयारी आयोगले प्रारम्भ गरेको छ र त्यहीअनुसारको परामर्श आयोगले दिन्छ ।’

अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने कानून पनि आयोगले बनाएको उनले बताए ।

Related posts

पत्रकारमाथि दुव्र्यवहार गर्ने अधिकृत प्रहरीको नियन्त्रणमा

hamronepaldainik

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जमा प्रदर्शन

hamronepaldainik

मधेशी जनताका अधिकार खोस्ने प्रयास हुँदैछ : उपेन्द्र यादव

hamronepaldainik
HamroNepalDainik