HamroNepalDainik.com
राजनीतिसमाचार

काँग्रेसको अधिवेशनमा प्रमुख निर्वाचन अधिकृत केसीको मनपरी

वीरगंज, ११ मंसिर

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको अन्तर्गत हुने अधिवेशन गराउन पर्सा आएका प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसी आफू खुशी मनोमानी ढङ्गले मनोनयन पत्र दर्ता गरी चुनावी प्रक्रियालाई बिथोल्ने षड्यन्त्र गरिरहेको बुझिन आएको छ ।

मुख्य निर्वाचन अधिकृत केसीले व्यक्तिगत मोहमा परेर नेपाली काँग्रेसको चुनावी प्रक्रियाको बैधानिक नीति विपरीत पर्सामा पटक पटक मनोनयन पत्र दर्ता गर्ने समय थपेर कानूनी राज्यको खिल्ली उड़ाई रहेका छन् ।

नेपाली काँग्रेसको प्रदेश र केन्द्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियाको लागि चुनावी प्रक्रिया अन्तर्गत शनिवार मनोनयन पत्र दर्ता गर्ने समय सीमा साँझ ५ बजे सम्म निर्धारण गरिएकोमा एक घण्टा थपेर साँझ ६ बजे कायम गरिएको थियो तर मुख्य निर्वाचन अधिकृत नरेन्द्र केसी भने केहि व्यक्ति विशेषको प्रलोभन र प्रभावमा परेर निर्वाचन नै बिथोल्ने गरि समय सीमा समाप्त भए पश्चात पनि मनोनयन पत्र दर्ता गर्ने कार्य गरिरहेको समाचार सार्वजनिक भएका छन् ।

मुख्य निर्वाचन अधिकृत केसीको गैर व्यवसायिक व्यवहार र सांठगांठ कै कारण जिल्लामा पालिका तहको अधिवेशन हुन नसकेको आरोप छ । प्रजातान्त्रिक पद्धति र कानूनी मूल्य मान्यतालाई मान्ने पर्साका सभ्य काँग्रेसीहरूलाई जिल्याउने गरि प्रमुख निर्वाचन अधिकृत केसी कसको प्रभावमा परेर यस्तो गैर व्यवसायिक गतिविधि गरिरहेका छन् ? भन्ने प्रश्नको जवाफमा केहि जवाफ दिन चाहेनन् ।

Related posts

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा थप एकजना चिकित्सक पक्राउ

hamronepaldainik

बहुदरमाई नगरपालिकामा : बहुदरमाई जनस्वास्थ्य प्रयोगशाला उदघाटन

hamronepaldainik

पेट्रोल र डिजेलको मूल्य बढ्यो

hamronepaldainik
HamroNepalDainik