HamroNepalDainik.com
समाचारस्थानिय

पर्सागढीमा स्वास्थकर्मीहरुको वृहतपाेषण सम्बन्धि तालिम सुरु

वीरगंज पर्सा,।  पर्साकाे पर्सागढी नगरपालिकामा स्वास्थकर्मीहरुको लागि ७ दिने वृहत पाेषण सम्बन्धि क्षमता अभिवृद्धि तालिम मंगलबारदेखी सुरु भएकाे छ ।

पर्सागढी नगरपालिका वडा नं. २ काे कार्यालयमा सुरु भएकाे तालिमकाे नगर प्रमुख लाेकनारायण यादवले उद्घाटन गरेका थिए । तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख यादवले अभिभावकहरुले बालबालिकाकाे स्वास्थ्य अवस्थाकाे साथ साथै पाेषणमा ध्यान दिनु पर्ने वताए ।

पर्सागढी नगरपालिकाकाे आयाेजनामा सुरु भएकाे तालिममा नगरपालिकका अनतर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको सहभागिता रहेकाे छ ।

तालिममा मातृ शिशु पोषण, उपचार लगायतका विषयमा प्रशिक्षण दिइने प्रशिक्षक परमानन्द यादव जनाकारी दिए ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, स्वास्थ्य संयोजक उमेश साह, स्वास्थ्य सहायक मनोज कुमार, वडाध्यक्ष बेदमन दास थारू, सचिव प्रमिला चौधरी लगायतका सहभागीता रहेको थियाे । कार्यक्रमको सहजिकरण गिरीराज कडेलले गरेका थिए ।

Related posts

लोकप्रिय बन्दै बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजय कुमार चौरसिया र श्याम पटेल

hamronepaldainik

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

hamronepaldainik

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ ः मेयर सिंह

hamronepaldainik
HamroNepalDainik