HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा डेढ लाख बराबरको पटाकासहित विष्पोटक पदार्थ नष्ट

वीरगञ्ज, १७ कार्तिक ।  वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएका विष्फोटक पदार्थलाई पर्सा प्रहरीले नष्ट गरेको छ । विभिन्न मितीमा नियन्त्रीत १ लाख ५० हजार मूल्य बराबरको पटाका एवम् पटाकाजन्य पदार्थलाई जिल्ला प्रहरी कार्यालय पर्साले नष्ट गरेको हो ।

पटाका, आतिशबाजी, लगायतका पदार्थलाई बुधवार बिहान नष्ट गरेको पर्साका प्रहरी पवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

रकेट पटाका ३५ प्याकेट, नागिन १ हजार २ सय ५० प्याकेट, फुलझरी ८ सय पिस, रकेट फुलझरी १ सय २० प्याकेट, बिडी पटाका ७ बोरा, कोबरा र बिडी ६ कार्टुन, चक्लेट पटाका ४० प्याकेट नष्ट गरेको प्रवक्ता खनालले बताए ।

त्यस्तै झिरझिरे १ सय प्याकेट, टेन शट १ सय प्याकेट, सतरंगी २० प्याकेट, सेभेन शट २० प्याकेट, स्काइ रेड १५ प्याकेट र रङ दे बसन्ती १२ प्याकेट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Related posts

विद्यार्थी भर्ना अभियानमा पालिका प्रमुखहरुको सक्रियता

hamronepaldainik

बहुदरमाई–६ मा रास्वपाको वडा भेला सम्पन्न, युवाहरूमा ‘परिवर्तनको आशा’

hamronepaldainik

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

hamronepaldainik
HamroNepalDainik