HamroNepalDainik.com
समाचारस्थानिय

नेपाली न : पलेट कारमा लागु औषधकाे तस्करी गर्ने दुई जना पक्राउ

वीरगंज । भारतबाट कारमा लागु औषधकाे तस्करी गर्ने दुई जनालाई वीरगंजबाट प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी चाैकी गणेश टाेल र जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे संयुक्त टाेलीले मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. ३ निवासी २६ बर्षिय सुमन न्याैपाने र  साेही ठाउँ निवासी २८ बर्षिय राेशन लामालाई पक्राउ गरेकाे हाे ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट आउँदै गरेको बा ४ च १०२१ नम्बरको टाटा इण्डिका कारमा सवार दुबै जनालाई वीरगंज १६ स्थित बाइपास सडककाे जय माँ वैष्णवदेवी मन्दिर अगाडिबाट आइतबार राती ११:४५ बजे लागु औषधसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा कारलाई रोकी जाँच गर्दा लागु औषध Wincirex 100 ml को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरी सो गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

उक्त लागु औषधसहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिए ।

Related posts

प्रभु कुशवाहा मृत्यू प्रकरण : बारा प्रहरी र जिल्ला न्याधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै विरोध प्रदर्शन

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

hamronepaldainik

भन्सार छली ल्याउदै गरेको लत्ताकपडा नियन्त्रणमा

hamronepaldainik
HamroNepalDainik