HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाईकाे गदियानीमा आगलागी

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा न‌ं. २ गदियानीमा आइतबार राती आगलगी भएकाे छ । राती ११ बजेकाे करिबमा भएकाे आगलगीले स्थानिय धर्मनाथ महताेकाे कंची घर जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलगीले घर पूर्ण रुपले जलेर नष्ट हुनुकाे साथै घरमा रहेकाे धान, चामल, काठ र एउटा भैंसी जलेकाे पिडितले जनाएका छन् । लामघुटे धपाउन बालीएकाे घुर (आगाे) बाट भएकाे आगलगीले अनुमानित दुई लाख बराबरकाे क्षति भएकाे जनाइकाे छ ।

कालिकामाई गाउँपालिकामा आगाे निभाउने दमकल नभएका कारण समयमा अरु पालिकाकाे दमकल पुग्न नसके पनि स्थानियहरुकाे केही समयपछि आगाे निभाउन सफल भएका थिए ।

Related posts

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पर्साका मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

hamronepaldainik

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

hamronepaldainik
HamroNepalDainik