HamroNepalDainik.com
समाचार

भाेजपुरी टाईम्सकाे ७ औं बार्षिकाेत्सवमा आमाकाे छात्रावासमा ब्यग र स्टेशनरी सहयाेग

वीरगंज । नेपालकाे एक मात्र भाेजपुरी भाषामा वीरगंजबाट प्रकाशिकत “भाेजपुरी टाईम्स दैनिक” पत्रिका साताैं बर्ष पुरा गरी आठाैं बर्षमा प्रबेश गरेकाे छ ।

आठाैं बर्षमा प्रबेश गरेकाे अवसरमा पत्रिकाले वीरगंजकाे आदर्शनगरस्थित रहेकाे आमाकाे मायाँ छात्राबासमा रहेका छात्रहरुकाे लागि ब्याग र स्टेशनरी सहयाेेग गरेकाे छ ।

छात्राबासममा रहेका २० जना बालबालिकाहरुकाे लागि पत्रिकाले आफ्नाे ७ औं बार्षिकाेत्सवकाे अवसरमा एक/एक थान ब्यज्ञ, आधा दर्ज काँपि, कलम क्यालकुलेटर सहयाेग गरेकाे हाे ।

पत्रिकाका प्रकाशक अजय चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा छात्राबासका प्रमुख रुपेश हास्दालाई साे सामग्री हस्तान्तरण गरिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै रेडियाे वीरगंज एमएमका कार्यकारी अध्यक्ष ध्रुव साहले भाेजपुरी भाषामा पत्रिका प्रकाशन गर्न कठिन काम भए पनि ७ बर्षदेखी निरन्तर रुपमा प्रकाशन हुँदै आएकाेमा प्रशंसा गरे ।

कार्यकारी अध्यक्ष साहले भाेजपुरी भाषामा प्रकाशन हुँदै आएकाे पत्रिकाले भाेजपुरी भाषाकाे संरक्षण तथा प्रबर्द्धनकाे काम गरेकाे वताए । उनले नेपालकाे एक काम भाेजपुरी भाषा प्रकाश हुँदै आएकाे पत्रिकालाई विभिन्न निकायले सहयाेग गर्नु पर्ने वताए ।

कार्यक्रममा प्रेस चाैतारीका केन्द्रिय सदस्य बृजलाल पासवान राघव साह, बिश्व हिन्दु परिषद नेपालका संगठन सचिव प्रहलाद रेग्मी, पत्रिका सम्पादक संताेष चाैरसिया, हिन्दु स्वम् सेवक संघका जनकपुर संवाहक रन्जित साह लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका कार्यकारी सम्पादक श्रवण साहले राखेका थिए भने कार्यक्रमकाे संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

Related posts

बिरगंजमा एक युवाको अपहरण, नाबालकसहित चार जना पक्राउ

hamronepaldainik

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

hamronepaldainik

सबै समाजवादी एवं प्रगतिशिल शक्तिहरु एकजुट हुनु पर्ने पूर्व प्रधानमन्त्री खनालको भनाई

hamronepaldainik
HamroNepalDainik