वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१०, अशोकवाटिकास्थित श्मशान घाट नजिकै ‘A to Z कस्मेटिक’ पसलको उद्घाटन गरिएको छ। प्रोप्राइटर नरेन्द्र चौरसियाद्वारा सञ्चालित उक्त पसल सञ्चालनमा आएसँगै स्थानीय ग्राहकलाई कस्मेटिक तथा सौन्दर्य सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।
पसलमा ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका कस्मेटिक तथा सौन्दर्य सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालक चौरसियाले बताएका छन्।
स्थानीय क्षेत्रमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै ग्राहकलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको हो।

