HamroNepalDainik.com
Uncategorizedराजनीतिसमाचार

पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको घरदैलो अभियानलाई जनताले गरे भव्य स्वागत

११ फागुन बिरगंज ।

नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नीमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहपूर्वक सहभागिता जनाउँदै रुङटालाई फूलमाला, अबिर तथा नारासहित अभिनन्दन गरेका थिए।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो क्षेत्रको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताए। उनले रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई योजनाबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा उनले स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए। “जनताको मत नै मेरो शक्ति हो, क्षेत्रको दिगो विकासका लागि निरन्तर लागिपर्नेछु,” रुङटाले भने।

यसैबीच प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताले कोनियामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी रहेको जानकारी दिए। उनका अनुसार स्थानीय जनताको उल्लेखनीय सहभागिताले आगामी निर्वाचनमा सकारात्मक संकेत दिएको छ।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कोनियामा सम्पन्न घरदैलो अभियानसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको देखिएको छ।

Related posts

सखुवा प्रसौनीका फरार अभियुक्त गिरी पक्राउ

hamronepaldainik

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

hamronepaldainik
HamroNepalDainik