HamroNepalDainik.com
Uncategorizedराजनीतिसमाचार

पर्सागढीमा रास्वपाको नगर कार्यालय स्थापना, ‘परिवर्तनको लहर अब रोकिँदैन’ : उम्मेदवार कानु

वीरगन्ज, ११ माघ
पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर पार्टी कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। बडनिहारमा स्थापना गरिएको उक्त नगर पार्टी कार्यालयको उद्घाटन आइतबार रास्वपाका पर्सा–२ का उम्मेदवार सुशील कुमार कानुले गरेका हुन्।
कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार कानुले देशमा परिवर्तनको स्पष्ट लहर सुरु भइसकेको दाबी गरे। उनले पहिलो पटक मधेसी समुदायका छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउने उद्घोष रास्वपाले गरिसकेको उल्लेख गर्दै, यसले मधेस मात्र नभई देशभरका नेपाली जनतामा नयाँ आशा र उत्साह पैदा गरेको बताए।
रास्वपाप्रति बढ्दो जनसमर्थनका कारण आगामी निर्वाचनमा पार्टीले प्रचण्ड बहुमत हासिल गर्ने विश्वास व्यक्त गर्दै कानुले पर्सा–२ मा पनि परिवर्तनको माहोल देखिएको बताए। उनले जनताको आशा र भरोसालाई कहिल्यै टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए।
नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रममा रास्वपा पर्साकी कार्यवाहक सभापति तुलसा पौडेल, क्षेत्रीय उपसभापति शान्ति ढकाल, नगर सभापति कविराज अर्याल, उपसभापति सुनिल रायभर, सचिव सरफु आलम अन्सारी, कोषाध्यक्ष सम्झना कार्की तथा सदस्यहरू ध्रुब खड्का, रविराज यादव, धुरेन्द्र राम, महाराज सिद्धिकी, सनोज साह, केदार ठाकुर, धिरेन्द्र राउत, हरेराम राम लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले संगठन विस्तार, जनसरोकारका मुद्दा र वैकल्पिक राजनीतिको आवश्यकतामाथि जोड दिएका थिए।

Related posts

पर्सागढी नगरपालिकामा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न प्रधानमन्त्री देउवा प्रतिबद्ध

hamronepaldainik

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

hamronepaldainik

बिरगंज पब्लिक कलेज र नेबिल बैंक बीच समझदारी पत्रमा हस्ताक्षर

hamronepaldainik
HamroNepalDainik