HamroNepalDainik.com
समाचारस्थानिय

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

२४  कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा पनि रिट दायर भएको छ ।

पर्सा जिल्ला सखुवा प्रसौनी – ६ लखनपुर निवासी कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार रिट दायर गरेका हुन् । प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् ।

नेपालको संविधानको धारा १३३ बमोजिम  उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार  पुनः सरकार गठनको  प्रक्रिया अघि बढाउन उनले आहवानको माग गरेका छन् ।

उनले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

Related posts

सांसद यादवले संघीय सरकारको वन तथा वातावरण मन्त्रीको पदभार ग्रहण गरे

hamronepaldainik

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

hamronepaldainik

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

hamronepaldainik
HamroNepalDainik