HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

हराएको सुन र नगद पर्सा प्रहरीद्वारा फेला

१४ कार्तिक,वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलकी ४७ वर्षीय रोशनी मानन्धरको हराएको सुनका गरगहना र नगद रकम पर्सा प्रहरीले फेला पारी धनीलाई जिम्मा लगाएको छ।

१२ गते दिउँसो करिब २ः३० बजे मानन्धरले वीरगञ्जको प्रतिमा चोकदेखि राधेमाईसम्म ई–रिक्सा चढ्ने क्रममा आफूसँग रहेको लेडिज पर्स हराएको भनी जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएकी थिइन्।

उक्त पर्सभित्र सुनको सिक्री लकेटसहित १ थान, कानको टप २ थान, सुनका बाला १ थान गरी करिब २.५ तोला सुनका गरगहना र नगद रू. ४०० रहेको विवरण उल्लेख गरिएको थियो।

निवेदन प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको स्मार्ट कन्ट्रोल रुममा रहेको CCTV फुटेजको विश्लेषण गर्दै सोही दिन उक्त ई–रिक्शाको खोजतलास र जाँचबुझ गर्दा प्रहरी टोलीले पर्स फेला पार्न सफलता हासिल गरेको थियो।

फेला पारिएको गरगहना र नगद रकम आज औपचारिक रूपमा सम्बन्धित धनी रोशनी मानन्धरलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

नेपाल परिवार दल पर्साको अधिवेशन सम्पन्न

hamronepaldainik

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेड

hamronepaldainik

यातायात कार्यालय बारामा भ्रष्टाचार, छानविन गरि कारवाही गर्न अखिल (क्रान्तिकारी)काे माग

hamronepaldainik
HamroNepalDainik