HamroNepalDainik.com
समाचार

संसद विघटन गर्ने सहमति, प्रधानमन्त्री पदमा सपथ लिँदै सुशीला कार्की

काठमाडौं : अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।

संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।

यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनका सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन। त्यस विषयमा पनि विस्तृत छलफल भएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूको सम्पत्ति छानबिन गर्ने सम्बन्धमा आफूहरूको आपत्ति नरहेको बताएका थिए। उनले भिडियो सन्देश जारी गरेर नेताहरूमाथि पनि छानबिन हुनुपर्ने बताएका थिए।

Related posts

बिरगंजमा सुनचाँदी व्यवसायीहरू द्वारा विरोध प्रदर्शन

hamronepaldainik

वीरगञ्जमा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार

hamronepaldainik

कलैया म्यानेजमेन्ट कलेजको उदघाटन सम्पन्न

hamronepaldainik
HamroNepalDainik