HamroNepalDainik.com
राष्ट्रियसमाचार

देशको बिभिन्न स्थानमा आगजनी

२४ भदौ, काठमाडौं।

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।

जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।

प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले  चितवनमा रहेको  प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

त्यस्तै  प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् ।विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् ।

अर्को जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् ।

प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्। उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्।

यसअघि उनीहरूले सिंहदरवार,  सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आजगनी गरेका थिए ।

बिरगंज

बिरगंज महानगरपालिकामा पनि जेनजी द्वारा आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन बिभिन्न स्थानहरुमा आगजनी गरेका हुन् ।कानुन मन्त्रि अजय चौरसियाको घरमा तोरफोर भएको छ भने खाने पानि मन्त्रि प्रदिप यादवको घर र मेयर राजेशमान सिंहको घर लगायत बिभिन्न  सरकारी कार्यालयहरुमाआगजनी गरेका हुन् ।

Related posts

चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन

hamronepaldainik

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

hamronepaldainik

कालिकामाई गाउँपालिकामा उपाध्यक्षले आफ्नो स्वार्थपुर्ति गर्न खोज्दा परिषद् अन्यौल

hamronepaldainik
HamroNepalDainik