HamroNepalDainik.com
समाचार

जनकपुरको होटलमा छुरा प्रहार गरी युवककाे हत्या

वीरगंज । जनकपुर उपमहानगरपालिका–२३ मा रहेको हाेटल एसपी एण्ड गेष्ठ हाउसमा एक व्यक्तिको छुरा प्रहार गरि हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादव हुन् ।

उनी साउन ३ गते राति करिब ९:५० बजे केटिएम मोटरसाइकल (बा.४५प ४५८६) मा अभियुक्तसँगै उक्त होटलमा प्रवेश गरेका थिए । होटलको कोठा नं. १०२ मा बसेका बेला राति करिब २:५७ बजे विमलेश यादव नग्न अवस्थामा रगताम्य अवस्थामा पहिलो तलाबाट खसेको सिसि टिभि फुटेजमा देखिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार अभियुक्तले होटलको नाम प्रविष्ट गर्दा आफ्नो नाम ‘शनि यादव’ लेखाएकी थिइन् । घटना लगत्तै जुली झा राति ३:०४ बजे भुइँतलाबाट भाग्दै गरेको दृश्य होटलको सिसि टिभिमा देखिएको थियो ।

घटनाको अनुसन्धान गर्दै गएको प्रहरीले उनलाई सोही दिन मध्यान्ह १२:०० बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

घाइते विमलेशलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर ल्याइएको भए पनि बिहान ७:४५ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले मृतकको मोबाइल फोन र होटलको निगरानी क्यामेरा फुटेजका आधारमा घटनाको अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए ।

Related posts

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

hamronepaldainik

ठोरीको गाई फार्म अलपत्र छाडेर हिँडेका सञ्चालकहरू सम्पर्कमा आए

hamronepaldainik
HamroNepalDainik