HamroNepalDainik.com
समाचार

१० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

३० वैशाख, काठमाडौं । थाइल्याण्डको बैंककबाट ल्याएको १० किलो १७० ग्राम लागु औषध गाँजासहित एक भारतीय युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय अभिद्य पहुने छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन भन्सार एरियाबाट उनी पक्राउ परेका हुन् । थाई एयरवेजको उडानमार्फत उनै बैंककबाट काठमाडौं आएका थिए ।

उनको लगेजमा गाँजा भेटिएपछि नियन्त्रणमा लिएर प्रहरीले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई बुझाएको हो ।

Related posts

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik

श्रीनिधि साकोसको १३ औं वार्षिक साधारण भव्यताका साथ सभा सम्पन्न

hamronepaldainik

आरकेएल दास एण्ड कम्पनीद्धारा शुभ दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान

hamronepaldainik
HamroNepalDainik