HamroNepalDainik.com
समाचार

१० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

३० वैशाख, काठमाडौं । थाइल्याण्डको बैंककबाट ल्याएको १० किलो १७० ग्राम लागु औषध गाँजासहित एक भारतीय युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय अभिद्य पहुने छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन भन्सार एरियाबाट उनी पक्राउ परेका हुन् । थाई एयरवेजको उडानमार्फत उनै बैंककबाट काठमाडौं आएका थिए ।

उनको लगेजमा गाँजा भेटिएपछि नियन्त्रणमा लिएर प्रहरीले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई बुझाएको हो ।

Related posts

विन्दवासिनी गा.पा.–४ द्धारा १२० घरपरिवारलाई ग्यास चुल्हो सेट वितरण

hamronepaldainik

बिन्दवासिनीका असई तिवारीद्वारा एक दलित माथी बुट प्रहार

hamronepaldainik

पालिकामा कुनै पनि नियम विपरितकाे काम भएकाे छैन् : अध्यक्ष यादव

hamronepaldainik
HamroNepalDainik