HamroNepalDainik.com
समाचारस्थानिय

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने एक पक्राउ

२८ वैशाख, काठमाडौं । गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले विभिन्न कार्यालयका सरकारी कर्मचारीहरूलाई टेलिफोनमार्फत् धाकधम्की दिएको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट ५० वर्षीय राज कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

बनेपा नगरपालिका–३ बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । अनलाईन खबर

Related posts

नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित

hamronepaldainik

धाेबिनी गाउँपालिका अध्यक्ष कुर्मीकाे हैकमवादी, एकलै दुईटा स्कार्पियाे गाडी प्रयाेग गर्दै

hamronepaldainik

राष्ट्रिय सहारा दैनिककाे २० औं बार्षिकाेत्स सम्पन्न

hamronepaldainik
HamroNepalDainik