HamroNepalDainik.com
समाचार

बाराबाट लागूऔषध सहित एकजना पक्राउ

सिमराः बाराको अमलेखगञ्जबाट प्रहरीले डेढ किलो लागूऔषध अफिमसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-६ पकनीका २१ वर्षीय रवीन्द्र मोक्तान रहेका छन्।

हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा६३प ८२६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको टोलीले अफिम बरामद गरेको हो। उक्त मोटरसाइकल मोक्तानले चलाएका थिए।

मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको एक किलो सात सय ५० ग्राम अफिम बरामद भएपछि मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले बताए।

मोक्तानलाई बारा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको उनले बताए।

Related posts

नगरवासिको समस्या बुझ्न टोलटोलमा पुगे मेयर सिंह

hamronepaldainik

प्रतिनिधि सभा आज बस्दै, एमसीसी सम्झौताबारे छलफल सुरु हुने

hamronepaldainik

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री आक्रोसित, भने– संघीयता विरोधीहरु बदनाम गर्न खोजियो

hamronepaldainik
HamroNepalDainik