HamroNepalDainik.com
समाचार

नारायणी अस्पतालको आन्दोलनमा नेविसंघ पर्साको समर्थन

२२ माघ,बिरगंज

बिरगंजको नारायणी अस्पतालमा ५ सय शैयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुले थालेको आन्दोलनप्रति नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघ पर्साले पनि समर्थन र ऐक्यबद्धता जनाएको छ ।

सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेपनि शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद अदालतमा पुगेपछि ५ बर्षदेखि भवन निर्माण कार्य अन्योलमा रहेको छ।

भवन निर्माणको विवाद सम्बन्धि मुद्धाको पेशी सर्वोच्च अदालतमा यहि माघ २८ गते छ । अदालतले उक्त मुद्धाको छिनोफानो गरेर भवन निर्माणको प्रकृया छिट्टै सुरु गर्नुपर्ने माग राखेर नारायणी अस्पतालका डाक्टर,नर्स र कर्मचारीहरुले गत शुक्रबार बिहान अस्पताल अगाडिको त्रिभुवन राजपथको सडकमा एप्रोन लगाएरै सडकमा धर्ना दिएका थिए ।

उक्त आन्दोलनप्रति मंगलबार नेविसंघ पर्साले समर्थन जनाएको संघ पर्साका सभापति रमेश यादवले बताए। मंगलबार नेविसंघका नेताकार्यकर्ताहरुले अस्पताल परिसरमा पुगेर भवन निर्माण संघर्ष समितिका संयोजक तथा अस्पतालका बरिष्ठ चिकित्सक डा. नीरज सिंहलाई नेविसंघको तर्फबाट ऐक्यबद्धता रहेको पत्र हस्तान्तरण गरेको यादवले बताए । साथै ५ बर्षदेखि अल्झिएको भवन निर्माणको प्रकृया तत्काल सुरु गर्न नेपाल सरकारसंग मागपनि गरिएको उनले बताए ।

त्यसअवसरमा नेपाली कांग्रेस पर्साका सदस्य रामनिवास यादव,नेविसंघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने,युवा नेता मनिष यादव, उपाध्यक्ष बर्कत आली,राहुल पटेल,प्रकाश राैनियार, सचिव पवन पटेल, विकास मण्डल दिलिप साह ,अब्दुल अन्सारी, सैलेष साह,जय नेपाल चौरसिया लगायतकाको पनि सहभागीता रहेको थियाे।

Related posts

होटल व्यवसायी संघ पर्सा र प्रहरी उपरीक्षक शाह बिच छलफल

hamronepaldainik

६ कक्षामा पढ्ने छात्रामाथि यौनजन्य दुरव्यवहार गर्ने शिक्षक छुटाउन राजनीतिक चलखेल

hamronepaldainik

आइतबार सार्वजनिक बिदा खारेज

hamronepaldainik
HamroNepalDainik