HamroNepalDainik.com
समाचारस्थानिय

एसएसपी गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा अनुगमन

४ माघ,  वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरधाम धनुषाका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र बहादुर गुरुङले बिहिबार जिल्ला प्रहरी कार्यालय पर्साकाे अनुगमन तथा निरिक्षण गरेका छन् । एसएसपी गुरुङले अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
एसएसपी गुरुङकाे नेतृत्वमा रहेको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय पर्साकाे अपराध अनुसन्धान तथा कारवाही शाखा, सिएफडी/सिआरएस शाखा, सिडिआर सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानविन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा तथा नागरिक सहायता कक्ष समेतको निरीक्षण गरेका हुन् ।
उनले निरिक्षणकाे क्रममा सुधार गर्नु पर्ने पक्षहरु औँल्याई अनुसन्धानका प्रकृयाहरु, विभागीय नीति निर्देशनहरूको कार्यान्वयनको अवस्था, सिएपी निर्देशनको लक्ष्य तथा उद्देश्य अनुरुप त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
सो क्रममा एसएसपी गुरुङले कर्मचारीहरुद्वारा सेवाग्राहीहरुको लागी प्रवाह गरिनु पर्ने प्रहरी सेवा नि:स्वार्थ एवं पारदर्शी तवरबाट प्रवाह गर्न जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका हुन् ।

Related posts

वीरगन्जको नारायणी अस्पतालमा आगलागी

hamronepaldainik

खेलले युवाहरुको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्छ – नेता पटेल

hamronepaldainik

चपुरमा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik