HamroNepalDainik.com
समाचारस्थानिय

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

२४ कात्तिक, वीरगंज ।  हिन्दुहरुको महान चाड छठ पर्वको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १९ बर्वामा सांगितिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

युवा स्मार्ट ग्रुपको आयोजनामा आयोजित कार्यक्रममा भारत बिहारका चर्चित गायक अशोक अलबेला लगायतको टिमले सहभागी स्थानियहरुलाई मनोरञ्जन गराएका थिए ।

सन्दिप चौरसिया र बिबेक यादवको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बीरगंज महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, अतिथिहरु बिन्देश्वर प्रसाद चौरसिया, ध्रुप प्रसाद चौरसिया, उपेन्द्र यादव, समाजसेवी कुवर चौरसिया, केहुनिया चौकिका प्रहरी सहायक निरीक्षक राकेश यादव, अमरपट्टिका प्रहरी चौकीका प्रमुख रन्जन सिंह, त्यसैगरी मुन्ना यादव, दरोगा महतो, मुन्ना चौरसिया, युवा स्मार्ट ग्रुपका सदस्य बब्लु यदव, निरज शर्मा, जुनाब मिया, अकलेश यादव, रमेश यादव, हाम्रो नेपाल दैनिकका संचालक रामेश्वर चौरसिया लगायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण मुन्ना ठाकुरले गरेका थिए ।

Related posts

बिन्दबासिनीमा न्यायिक समिति कार्यालयको उदघाटन

hamronepaldainik

भिटामिन ( ए ) को कमीले गर्भवती महिला र बालबालिकाहरुमा आखाँको समस्या

hamronepaldainik

युवा नेता अनोज चौधरीले आफ्नो बुबाको सपना साकार गरन राजनितिक मा हुमिए हुन।

hamronepaldainik
HamroNepalDainik