बिरगंज १४ चैत ।
तराईको जिल्लाहरुमा भिटामिन ( ए ) को कमीले गर्भवती महिला र बालबालिकाहरुमा आखाँको समस्या हुन थालेको छ । आज नारायणी अस्पतालको प्राङ्गनमा सम्पन्न परामर्श एवम कार्यशाला गोष्ठीमा तराईको जिल्लाहरुमा भिटामिन ( ए ) को कमीले गर्भवती महिला र बालबालिकाहरुमा आखाँको समस्या हुन थालिएको बारे बताइएको हो ।
नारायणी अस्पताल बीरगंजको आयोजनामा भएको उक्त कार्यक्रममा केडिया अाखाँ अस्पताल र तिलगंगा अाखाँ अस्पताल काठमाडौंको समन्वयमा सम्पन्न कार्यक्रममा भिटामिन ए को कमिले बालबालिका र गर्भवती महिलाहरुको स्वास्थ्यमा कस्तो असर गरिरहेको भन्ने बिषयमा नारायणी अस्पतालका डाक्टरहरु संग परामर्श एवम् कार्यशाला गोष्ठी सम्पन्न गरिएको डाक्टरहरूले बताएका छन ।
कार्यशाला गोष्ठीमा डाक्टर थापाले तराई पहाड र हिमाली क्षेत्रमा अध्यान गर्ने क्रममा हिमाली क्षेत्रमा २३.६% प्रतिशत महिला तथा ८ वर्षदेखि १२ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ए को कमीले अस्वथ्य रहेको र पहाडी जिल्लामा ४१.८% प्रतिशत र तराई जिल्लामा ६८% प्रतिशत बालबालिका र गर्भवती महिलाहरु भिटामिन ए को कमीले अस्वथ्य रहेको प्रतिवेदनमा उल्लेख छ।
गर्भवती महिला हिमालमा १२.७ % प्रतिशत पहाडमा २०% र तराई जिल्लामा ६२% भिटामिन ए को कमीले महिलाहरु समस्या रहेको छ।अाखाँको समस्याले बालबालिकाहरु अन्धोपन अाखाँ दुख्नेअाखाँको नानी गुम्ने र घाउ हुन सक्ने उच्च जोखिम बढन सक्ने भएकोले नेपाल सरकारले हालै संचालन गदै आइरहेको भिटामिन ए बन्द गर्न नहुने बरु थप यसलाई प्रभावकारी रुपमा प्रचारप्रसार गरेर लैजानुपर्ने डाक्टर थापाको भनाइ रहेको छ।
गर्भवती महिला र बालबालिकाहरुमा भिटामिन (ए )को कमी छ कि छैन भन्ने बारेमा छाला र रगत बाट थाहा हुने भएकोले नेपालमा यसको प्रविधि नभएकोले हालै अमेरिका बाट चेकजाँच गरिएको र महगो शुल्क लाग्ने भएकोले समस्या भएको डाक्टर थापाले बताइन्।उनलेे भनिन् छालाबाट चेकजाँच गर्न १० सेकेन्ड लाग्ने र सस्तो जुनसुकै ठाउँमा पनि लग्न मिल्ने र रगत भने चेकजाँच गर्न झन्झटिलो र महगो शुल्क लाग्ने तर विस्वासीलो हुने डाक्टर थापाले बताएकी छिन। भिटामिन ए मात्रामा बढाउन हरियो सागपात, माछामासु, अन्डा,फलफूल खानुपर्ने बताइन्।
आफुहरुले विगत ३ वर्ष देखि यो अभियान शुरुआत गरेकोले यसलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा आफुहरु लागि परेको र यसको समस्या समाधान गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको डाक्टर थापाको भनाइ रहेको छ। नारायणी अस्पतालका सुपरिटेन्डेन बिरेन्द्र बहादुर प्रधानको अध्यक्षतामा सो कार्यशाला गोष्ठी सम्पन्न भएको थियो।कार्यशाला गोष्ठीमा डाक्टरहरु उदय नारायण सिंह , डा निरज सिंह , डा आरके सिंह , डा दिपक चौरसिया, डा बिडी चौरसिया, श्रृति साह , डा अरुण कुमार कर्ण , डा राकेश तिवारी , डा खालिद हसन ,लगायतको उपस्थित रहेको थियो ।