HamroNepalDainik.com
समाचार

अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने

(रासस)
चितवन, ४ असोजः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्छ ।”
मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो । निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।
स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका छाँै, ती कार्यान्वयन हुँदै जान्छन् ।”
मन्त्री पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकार गर्छ र प्रस्ताव स्वीकार भए लगत्तै पाँच लाखको बीमा कार्यान्वयन हुन्छ ।”

Related posts

श्री नेपाल स्काउट निमाविमा अध्यनरत्त विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

hamronepaldainik

जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री : बालेन

hamronepaldainik

रहबर केयर द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

hamronepaldainik
HamroNepalDainik