HamroNepalDainik.com
समाचार

लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

२ असोज,वीरगंज।

वीरगंजको पानीटंकी स्थित जमुना सेकुवा पसलबाट लागु औषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं.८ पानीटंकी टोल स्थित जमुना सेकुवा पसलबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले जमुना सेकुवा पसलमा एक जना संकाष्पद व्यक्ति भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेललाई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५४ ग्राम ( प्लाष्टिक वाहेक ४८ ग्राम ) फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परे पछि निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

प्रकृति लम्साल मृत्यु प्रकरण : ओडिसा प्रदेश सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

hamronepaldainik

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

hamronepaldainik

सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

hamronepaldainik
HamroNepalDainik