HamroNepalDainik.com
समाचार

लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

२ असोज,वीरगंज।

वीरगंजको पानीटंकी स्थित जमुना सेकुवा पसलबाट लागु औषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं.८ पानीटंकी टोल स्थित जमुना सेकुवा पसलबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले जमुना सेकुवा पसलमा एक जना संकाष्पद व्यक्ति भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेललाई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५४ ग्राम ( प्लाष्टिक वाहेक ४८ ग्राम ) फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परे पछि निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

hamronepaldainik

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो दरबन्दी बाहेकका कर्मचारीको विवरण

hamronepaldainik

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

hamronepaldainik
HamroNepalDainik