HamroNepalDainik.com
समाचार

भाषा आयोगद्धारा भोजपुरी टाइम्स दैनिक पत्रिका सम्मानित

काठमाडौँ २३ भदौ ।
भाषा आयोगको ९ औं स्थापना दिवस २०८१ को अवसरमा भोजपुरी टाइम्स दैनिक लगायत विभिन्न ११ वटा मातृ भाषाका पत्रपत्रिकाहरूलाई आईतवार सम्मान गरिएको छ ।
भाषा आयोगको कार्यालय सङ्खमूल, काठमाडौंमा आयोजित सो कार्यक्रममा पत्रपत्रिका मार्फत भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न टेवा पु¥याएको भन्दै पत्रपत्रिकाहरुलाई सम्मान गरिएको हो ।
आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सम्मान गरेका थिए । सो कार्यक्रममा पर्सा जिल्लाको वीरगंजबाट नियमित्त रुपमा भोजपुरी भाषामा प्रकाशित हुदै आएको भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण प्रसाद साह, किरात वाम्बुले राई भाषामा प्रकाशित पत्रिका इक लिब्जुभुम्जुका सम्पादक गणेश राई, लिम्बु भाषामा प्रकाशित पत्रिका तान्छोप्पाका सम्पादक अमर तुम्याहाङ, वान्तावा भाषामा प्रकाशित पत्रिका बुङ्वाखाका सम्पादक पदम राई सम्मानित भएका छन् ।
त्यसैगरी डोट्याली भाषामा प्रकाशित पत्रिका गुगुल्डिका सम्पादक वीरबहादुर चन्द, तामाङ भाषाबाट प्रकाशित तामाङ डाजाङका सम्पादक फूलकुमार बम्जन, नेपाल भाषामा प्रकाशित पत्रिका थौकन्हका सम्पादक रूकमणी श्रेष्ठ, बज्जिका भाषामा प्रकाशित पत्रिका बज्जिकावलका सम्पादक दिनेशकुमार श्रीवास्तव, नेपाली भाषामा प्रकाशित पत्रिका रचनाका सम्पादक रोचक घिमिरे, चाम्लिङ भाषामा प्रकाशित पत्रिका सितिमीका सम्पादक तिलकबहादुर राई र थारू भाषामा प्रकाशित पत्रिका लावा डग्गरका प्रतिनिधि भूमिका थारूलाई प्रमुख अतिथि मन्त्री पाण्डेले सम्मानपत्रले सम्मानित गरेका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् ।
मन्त्री पाण्डेले नेपालमा हाल भाषाको संख्या एक सय ३१ वटा पुगेको र यो संख्या अझै थपिँदै जाने उल्लेख गरे । उनले ध्वनि जबसम्म लिपीका रूपमा आउँदैन तबसम्म लोप हुन सक्ने धारणा राखे ।
उनले आफूले जिम्मेवारीमा आएपछि हालसम्म मन्त्रालयको बारेमा बुझिसकेको र अब सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । मन्त्रालय मातहतको संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुधारेर यसप्रतिको विश्वास अभिवृद्धिमा सक्रिय हुने उनको भनाइ थियो । मन्त्री पाण्डेले आफूले सत्य र निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका बेथितिलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

Related posts

दुई समुदाय बीचको बिवाद उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी, मंगलबार बिहान ६ देखि १० बजे सम्म बजार खुल्ने

hamronepaldainik

आसिफ र आरिफलाई वीरगन्जमा नागरिक अभिनन्दन , महानगरले दियो दुवैलाइ मोटरसाइकल

hamronepaldainik

छिपहरमाई गाउपालिकाका अध्यक्ष गुप्ताले फिर्ता गरे गाडी

hamronepaldainik
HamroNepalDainik