HamroNepalDainik.com
समाचारस्थानिय

महानगर द्वारा कन्ट्री इन होटललाई २५ हजार जरिबाना

वीरगंज
शौचालयको फोहोर सोझै नालामा खसाउने
वीरगंजको आदर्शनगरस्थित होटल कन्ट्री इनलाई वीरगंज महानगरपालिकाले २५ हजार रुपैयाँ जरिबाना गरेको छ ।
होटल एशोसियशन पर्साका अध्यक्ष हरि पन्तद्वारा संचालित होटल कन्ट्रि इनले शौचालयको दुर्गन्धित फोहोर सोझै नालामा खसाएको भेटेपछि जरिबाना गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा इन्चार्ज समेत रहेका पन्तद्वारा संचालित होटलले सरसफाईमा लापरवाही गरेको भेटिएपछि कारबाही स्वरुप जरिबाना गरिएको मियाँले बताए ।
वीरगंज महानगरपालिकाले नगर सफाईमा कडाई गर्दै आएको छ ।
जथाभावी फोहोर फाल्ने संघसंस्था तथा व्यक्तिलाई जरिवाना गर्दै आएको महानगरले फोहोर संकलनका लागि दैनिक तीन पटक टोलटोलमा ट्याक्टरसहित सफाइकर्मी परिचालन गर्ने गरेको छ ।
सरसफाईमा शुन्य सहनशीलता अपनाएको महानगरले जथाभावी फोहोर फाल्ने जो कोहीलाई पनि जरिबाना गरेर सचेत गराउँदै आएको छ ।

Related posts

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

hamronepaldainik

कानु समाज नेपाल पर्साको बैठक सम्पन्न, चैत्र ९ गते होली मिलन समारोह गर्ने निर्णय

hamronepaldainik

पम्पम बिलडिङको गोदाममा पर्सा प्रहरीको छापा : करोडौंको भन्सार छलीका कपडा बरामद

hamronepaldainik
HamroNepalDainik