HamroNepalDainik.com
Uncategorizedसमाचार

सखुवा प्रसौनीका फरार अभियुक्त गिरी पक्राउ

पर्सा । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी प्रेम गिरी रहका छन् । विभिन्न मुद्दामा मुछिएका गिरी बर्षौदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए ।

गिरी आइतबार विहान करिब साढे ५ बजे पक्राउ परेका हुन् ।
केहि दिनदेखि घरमै लुकिछिपी बस्दै आएको गिरीलाई सादा पोशाकमा खटेका प्रहरी टोलीले आज बिहान पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतबाट विभिन्न मुदामा दोषी ठहर भइ फरार रहेको गिरी आज पक्राउ परेका हुन र थप अनुसन्धान भैरहेको  प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Related posts

सर्पको टोकाइबाट नाबालक शिशुको मृत्यु , दोषीलाई कारवाही को माग।

hamronepaldainik

अंत्यमा सत्यको जित भयो, शिक्षक ठाकुरले सुरु गरे कामकाज

hamronepaldainik

बृहत मेला तथा कुस्ती प्रतियोगिता सम्पन्न

hamronepaldainik
HamroNepalDainik