HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान, ३० जनाले दिए रगत

वीरगंज । ४७ औं कोर एससीबी रक्सौल (बिहार) काे आयाेजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा कार्यक्रममा वाहिनीका कार्यावहक कमाण्डेन्ट दीपक कृष्णसहित ३० जनाले रक्तदान गरेका हुन् ।

कामु कमाण्डेन्ट श्री दीपक कृष्ण, डिप्टी कमाण्डेन्ट ४७ को कमाण्डको प्रेरणामा असहायलाई निःस्वार्थ सेवा प्रदान गर्न र बलको मूल नारा ‘सेवा, सुरक्षा’ भन्ने उद्देश्यका साथ इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा उक्त शिविर आयोजना गरिएको वाहिनीका इन्सपेक्टर मनाेज कुमार शर्माले जानकारी दिए ।

 त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गरी सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको उनले वताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक आमोद कुमार र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो ।

 कार्यक्रममा वाहिनीका चिकित्सक डा. श्रीराज एमजे (एसीएमओ), डा. प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट अगाले प्रियदर्शन अरुण, डेपुटी कमाण्डेन्ट टीएच बसन्त सिंह, इन्स्पेक्टर मनोज कुमार शर्मा (एएचटीयू) र अन्य धेरै मातहतका अधिकारीहरू उपस्थिती रहेकाे थियाे ।

Related posts

विभिन्न कार्यक्रम गरी गूगल एकेडेमीको वार्षिकोत्सव सम्पन्न

hamronepaldainik

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

hamronepaldainik

सालोम सेकेन्ड्री स्कूलको बार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik