HamroNepalDainik.com
राष्ट्रियसमाचार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोल प्रसाद अर्याल छन् ।

तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए  । सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् । तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए । साभार रातो पाटी

Related posts

तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी १० दिनदेखि धर्नामा

hamronepaldainik

नेपाली कांग्रेस बिरगंज महानगरपालिका वडा न. ८ को बुथ सभापतिमा रितेश कुमार गुप्ता सर्वसम्मत

hamronepaldainik

भ्रष्टाचार विरुद्ध वीरगंजमा जनमतकाे प्रदर्शन

hamronepaldainik
HamroNepalDainik