HamroNepalDainik.com
राजनीति

बिन्दवासिनी–४ मा रहेको राणी पोल्ट्री फर्ममा आगलागी हुदा, लाखौको क्षति

वीरगंज ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ४ मा रहेको पोल्ट्री फर्ममा आगलागी हुँदा लाखौंको क्षति भएको जनाईएको छ ।
बिन्दवासिनी–४ अमरपट्टीमा रहेको राणी पोल्टी फर्ममा आईतवार बिहान करिब ८ः३० बजे भएको आगलागीबाट एक हजार कुखुराको चल्ला, १० बोरा दाना, पम्पसेट एक थान, मोटर १ थान, विजुलीको मिटर १ थान, स्टेन फैन, २ बोरा आलु, ओछयान सहितको सामग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएको पिडित मोतिलाल चौरसियाले बताए । आगलागीबाट करिब ४ लाखको क्षति भएको जनाईएको छ ।
स्थानियवासीको संयुक्त पहलमा करिब २ घण्टा लगाएर आगो निभाए पनि पोल्ट्री फर्म पूर्ण रुपमा जलेर नष्ट भएको पिडित चौरसियाले बताए ।

Related posts

पर्सागढीमा रास्वपाको नगर कार्यालय स्थापना, ‘परिवर्तनको लहर अब रोकिँदैन’ : उम्मेदवार कानु

hamronepaldainik

प्रभु साहलाई बाराको – क्षेत्र न : १ मा चुनाव लडन सिम्रौंनगढ़वासीको माग

hamronepaldainik

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

hamronepaldainik
HamroNepalDainik