HamroNepalDainik.com
समाचार

पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम सफल बनाउन छलफल

वीरगंज, ५ माघ ।
पुर्व राजा ज्ञानेन्द्र शाहको माघ १३ गते वीरगंजमा हुने नागरिक अभिनन्दन कार्यक्रमलाई सफल बनाउन छलफल गरिएको छ ।
पूर्व राजा ज्ञानेन्द्रको सवरी ब्यवस्थापन समितिले वीरगंजको माईस्थान अतिथि सदनमा आयोजना गरेको छलफल कार्यक्रममा सवरी ब्यवस्थापन समितिका जिल्ला संयोजक राजेश कुमार पटेलले नागरिक अभिनन्दन सफल बनाउन तयारी जोडतोडका साथ भईरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लाल बंगलामा हुने नागरिक अभिनन्दन कार्यक्रमलाई सफल बनाउन मुल समारोह समिति अन्र्तगत नगर र गाउँबाट बृहत जन परिचालन गरि सहभागी गर्ने गराउने विषयमा छलफल भएको संयोजक पटेलले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मञ्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, बीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, विश्व हिन्दु परिषद, राप्रपा नेपाल, नेपाल जनता पार्टी, बजरंगदल तथा २०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा संघसस्थाहरुका प्रतिनिधिहरुले समेत सक्रिय रुपमा जन सहभागीता गराई कार्यक्रम सफल पार्न जुटेको जनाईएको छ ।
सो छलफल कार्यक्रमका प्रमुख अतिथि नवराज ढकाल, अतिथि मधुकार समशेर राणा, राम बाबु साह, सुरेश साह, अफताब आलम, प्रदिप पटेल, अजिता देवी लगायतकाले आ–आफ्ना सल्लाह सुझाव दिएका थिए ।

Related posts

संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

hamronepaldainik

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

hamronepaldainik
HamroNepalDainik