HamroNepalDainik.com
समाचारसमाजस्थानिय

विन्दबासिनीमा विकास पटेलको अध्यक्षतामा नेविसंघको ५१ सदस्यिय समिति गठन

वीरगन्ज। पर्साको विन्दबासिनी गाँउपालिकामा नेपाल विद्यार्थी संघको ५१ सदस्यिय गाँउपालिका स्तरीय समिति गठन गरिएको छ । शनिबार सम्पन्न बैठकले विकास पटेलको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा राजु सहनी , मुन्ना चौरसिया , आशीष रजक , राजन अग्रहरी ,सत्यम चौरसिया , उपेन्द्र साह र सत्रुधन राम , सचिवमा धिरज चौरसिया र राजेश मुखिया तथा कोषाध्यक्षमा बबली चौरसिया रहेका छन् ।

नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्षता तथा नेपाली कांग्रेसका बिन्दवासिनी गाउँपालिकाका सभापति विवेक चौरसियाको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश कुमार यादव,उपाध्यक्ष बिटु पटेल, महाधिवेशन प्रतिनिधि उमेश कुमार चौरसिया,मुक्ति कुर्मी ,जयप्रकाश चौरसिया ,अनुज चौरसिया लगायतकोपनि सहभागीता थियो ।

Related posts

नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

hamronepaldainik

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

hamronepaldainik

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

hamronepaldainik
HamroNepalDainik