HamroNepalDainik.com
समाचार

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।

सोमबार र मंगलबार सार्वजनिक विदा भएका हुनाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।

आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए । साभार अनलाईन खबर

Related posts

‘सीमाबासीसँग सशस्त्र प्रहरी बल’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

hamronepaldainik

वीरगन्जलाई क्षयरोग मुक्त पालिका घोषणा गर्न महानगरको अभियान

hamronepaldainik

वीरगंजको बाइपासमा कार दुर्घटना, एक जनाको मृत्यु सहित ३ जना घाइते

hamronepaldainik
HamroNepalDainik