HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो दरबन्दी बाहेकका कर्मचारीको विवरण

२५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् ।

मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरुमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेका छैनन् ।

दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख छ ।

‘तहाँ महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाल कार्य गरिरहेका स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको लागि यस आ.ब.को साउनदेखि आगामी असार मसान्तसम्मको लागि थप तलब माग भई आएको हुँदा उल्लिखित स्वीकृत स्थायी दरबन्दीबाहेकका कर्मचारीको तपसिलको ढाँचामा ७ दिनभित्र विवरण उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको २०८०।०८।२५ को निर्णय अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ । तोकिएको समयमा विवरण उपलब्ध नभएमा यस वर्षको तलव भत्ता निकासा गर्न नसकिने मन्त्रालयको पत्रमा उल्लेख छ । साभार अनलाईन खबर

Related posts

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

hamronepaldainik

मधेश सरकारकाे वन मन्त्रीमा रमेश कुर्मी नियुक्त

hamronepaldainik

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अपर्ण

hamronepaldainik
HamroNepalDainik