HamroNepalDainik.com
समाचार

महानगरद्वारा ‘मुस्लिम उत्थान सुझाव समिति’ गठन

वीरगंज, २४ मंसिर
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिएका हुन्  ।
पहिचानको आधार नै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रितिरिवाज रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्नेमा उहाँले जोड दिए  ।
आइतबार महानगरपालिकाका मुस्लिम समुदायको भेलाबीच गठन भएको ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक सहिष्णुतासहितको मौलिक समाज निर्माण गर्ने कार्यमा सबै लाग्न आग्रह पनि गरेका थिए ।
केही उच्छृङखल व्यक्तिका कारण वर्षौँदेखि एक ढिक्कामा रहेको समाज टुक्रयाउने खेला भइरहेको प्रति सबै सजग र सचेत भएर त्यसका विरुद्ध एक भएर लाग्नु पर्ने  बताए ।
वीरगंज महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मुस्लिम समुदायको सामाजिक तथा सांस्कृतिक पक्षहरुको अध्ययन एवं अनुसन्धान गरी आवश्यक सुझाव पेश गर्ने गरि महानगरद्वारा ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’ गठन भएको हो । महानगरको ३२ वटै वडाबाट सदस्य रहने गरि समितिको संयोजको जिम्मेवारी महम्मद अब्बास मंसुरीलाई दिइएको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाको वडा नं. १४ का वडाध्यक्ष महबुब एलाही, मौलाना असगर मदनी, खुश महम्मद, शेष लाल महम्मद, कलिमुल्लाह मियाँ ठकुराई, खैरुद्धिन मियाँ लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन बढ्यो, ७ महिनामा ९४ अर्ब ५२ करोड संकलन

hamronepaldainik

मुस्लिम युवक मियाले भुईपरि गर्दै पुगे छठ घाट

hamronepaldainik

सान्भी फाउन्डेसनद्धारा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik