HamroNepalDainik.com
समाचारस्थानिय

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

१३ कार्तिक, वीरगञ्ज । कलैया उपमहानगरपालिका वडा नं. ६ मदरसा टोल स्थित सोमबार दिउँसो  करिब १:३० बाजेको समयमा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको बीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताउँछ ।

कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।

मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो छ ।
अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका थिए ।

Related posts

पर्सामा १८ बर्ष माथीकाे सबैलाई खाेप लगाउन अभियान संचालन

hamronepaldainik

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

hamronepaldainik

गृहमन्त्रीको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी

hamronepaldainik
HamroNepalDainik