HamroNepalDainik.com
समाचार

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

७ भदौ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटना पछि बसका चालक फरार छन् ।

Related posts

‘सीमाबासीसँग सशस्त्र प्रहरी बल’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

hamronepaldainik

पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण

hamronepaldainik

ठाकुरराम क्याम्पसमाको स्ववियु चुनावमा खस्याे ४० प्रतिशत मत

hamronepaldainik
HamroNepalDainik