HamroNepalDainik.com
समाचार

पर्साका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

वीरगंज । सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको शनिबार निधन भएको हो ।

हृदयघातबाट एसपी थपलियाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । शनिबार विहान अचेत भएका थपलियालाई उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा पु¥याउदा अस्पतालले मृत घोषणा गरेको प्रजिअ रेग्मीले बताए ।

उनका अनुसार एसपी थपलिया शनिवार बिहान साईकलमा गढीमाई गएर आएपछि दिउँसो १ बजेको करिबमा हृदयाघातबाट मृत्यु भएको हो ।

साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गरेका थपलियाले आराम गरेकै ठाउँमा अचेत भएका थिए ।

उनको शव मेडिसिटी बयाधा अस्पतालमा नै राखिएको छ ।

नुवाकोट स्थायी घर भएका थपलिया सात महिना अघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Related posts

ओलीलाई जनकपुर विमानस्थलमा कालोझण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता पक्राउ

hamronepaldainik

विन्दवासिनी गाउँपालिका–४ मा पोषण सम्बन्धी तालिम सम्पन्न

hamronepaldainik

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

hamronepaldainik
HamroNepalDainik