HamroNepalDainik.com
समाचार

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने महानगरको कदमको सर्वोच्चद्वारा सदर

वीरगञ्ज, २५ साउन
वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउने कामलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
मुख्य नालामाथि निर्माण गरेर वर्षौँदेखि उपभोग गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैंक र क्लासिक होटल रहेको संरचना महानगरले हटाएको कामलाई सर्वोच्चले सदर गरेको छ ।
संरचना हटाउन नदिन भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवनका धनी पवन कुमार गुप्ता र अनिल कुमार गुप्ताले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।
तर बिहीबार सुनुवाई गर्दै सर्वोच्च अदालतको ६ नं इजलासका न्यायाधिशद्वय प्रकास कुमार ढुंगाना र डा.कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।
अदालतले गएको साउन ११ गते अल्पकालिन अन्तरिम आदेश दिँदै संरचना हटाउने काम यथावत राख्न भनेको थियो ।
अल्पकालिन आदेशलाई निरन्तरता दिन सर्वोच्चले अस्विकार गरेसँगै महानगरले थालेको काम जायज रहेको पुष्टि भएको छ । महानगरले दुबै भवन गएको साउनको पहिलो साता हटाएको थियो ।

Related posts

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

hamronepaldainik

जिल्लालाइ उत्कृष्ट बनाउन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सफल

hamronepaldainik

नवनियुक्त मुख्यमन्त्रीले सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न दिए निर्देशन

hamronepaldainik
HamroNepalDainik