HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंज -१६ नगवामा एक युवकको शव फेला

पर्सा । वीरगंजको नगवामा एक युवकको शव फेला परेको छ । वीरगंज महानगरपालिका वडा नं. १६ नगवाको नयाँ बस्ती बस्ने ३० वर्षीय नजिम मियाँको शव फेला परेको हो ।

बुधबार(आज) करिब ८ बजे नगवाको बाईपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फ सडक किनारामा युवकको शब फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

मृतक नजिमलाई चोट पटक केही नदेखिएकोले मादक पदार्थ सेवन गरि लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।

Related posts

बाल सुधारगृहबाट फरार दुई जना बालकैदीहरु पक्राउ

hamronepaldainik

हिन्दू परिषद् नेपालका अध्यक्ष संतोष पटेल पदमुक्त

hamronepaldainik

श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik