HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाई गाउँपालिकाको ९ औं गाउँसभा : ३० करोड ९१ लाख बराबरकाे बजेट प्रस्तुत

३१ असार बिरगंज / पर्साको कालिकामाई गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आइतबार कालिकामाई गाउँपालिकाको कार्यालयमा आयोजित ९ औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बशिस्ट कुमार गुप्ताले आफु जनताका कृषि,शिक्षा,स्वास्थ इत्यादि सेवामा सहज प्रदानका लागि अहोरात्र लागेको कुरा सम्पुर्ण जनताहरुमा जगजाहेर रहेको बताएका छन ।

गाउँ सभालाई सम्बोधन गर्दै, अध्यक्ष गुप्ताले आफुले बोल्नु भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए । अध्यक्ष गुप्ताले बिधिको शासनमा कालिकामाई गाउँपालिका नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै आफ्नो गाउँपालिकाको उपाध्यक्ष सम्पुर्ण वडा अध्यक्ष तथा सदस्य लगायत सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष राजमती देव बरैनीले गाउँपालिकाले आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहुआयमिक गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै कृषि पर्यटन र दिगो पूर्वाधारयुक्त विकासका मास्टर प्लान बनाएर अगाडि बढ्ने नीति लिएको बताइने । यस्तै गाउँपालिकाका छात्राहरूलाई शिक्षा तर्फ आकर्षित गर्न आठ कक्षामा पढ्ने छात्राहरूलाई नि:शुल्क साइकल वितरण गर्ने योजना पनि गाउँपालिकाले बनाएको उनले सुनाइन । त्यस्तै प्रत्येक विद्यालयमा आइटी विकास गर्न कम्प्युटर र प्रिन्टर उपलब्ध गराइने, गाउँ सेवाबाट उत्कृष्ट नतिजा ल्याउने शिक्षण संस्था तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गरिने, खेलकुदको विकासका लागि प्रत्येक वडामा एउटा खेल मैदानको व्यवस्थापन गरिने उपाध्यक्ष बरैनीले बताइन ।

गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नमोनाथ यादवका गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूले मिलेर काम गर्न सके विकासको लहर ल्याउन सकिने बताए । गाउँ सभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको छ । यस्ता गाउँपालिकाका लागि आवश्यक ऐन कानुन, नियम, प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने बाटो गाउँपालिकालाई खुलेको समेत उनले बताए ।

गाउँपालिका अध्यक्ष बशिस्ट कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले स्वागत मन्तव्य दिनुका साथै गाउँपालिकाको कार्य प्रगति बारे स्पष्ट पारेका थिए।

सभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरुले कृषि,शिक्षा,स्वास्थ तथा खानेपानीमा विशेष जोड दिन गाउँपालिकालाई सुझाव समेत दिएका थिए । कालिकामाई गाउँपालिकाले आफ्नो ९ औं गाउँ सभा बाट ३० करोड ९१ लाख ९८ हजार २ सय बजेट पारित गरेको छ । उक्त गाउँ सभामा वडा अध्यक्षहरु लालबाबु राउत बरै,सोनालाल प्रसाद चौरसिया,संजय पटेल,संजय साह गोढ,जयनारायण प्रसाद कुर्मी गाउँ सभा सदस्य,नेताकार्यकर्ता,बुद्धिजीवी,कर्मचारी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Related posts

Testing

admin

सरकार महिला सशक्तिकरणकालागि ठोस कार्यक्रमका साथ अघि बढ्छ : मन्त्रि यादव

hamronepaldainik

वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन बढ्यो, ७ महिनामा ९४ अर्ब ५२ करोड संकलन

hamronepaldainik
HamroNepalDainik