HamroNepalDainik.com
खेलकुद

संतोष सर्राफको अध्यक्षतामा सितेरियो कराँते संघ पर्सा गठन

वीरगंज, २५ असार ।
सितेरियो कराँते संघ पर्सा गठन भएको छ । सन्तोष सर्राफको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । जिल्ला खेलकूद विकास समिति, पर्साको घडीअर्वास्थित कबर्ड हलमा बसेको बैठकले संघको कार्यसमिति गठन भएको संघका सह–सचिव प्रेम बहादुर गुरुङ्गले जानकारी दिनु भयो ।
कार्य समितिमा उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव उदय नारायण गिरी, सहसचिव प्रेमबहादुर गुरुङ, कोषाध्यक्ष प्रमोद सिंह र सदस्यद्वयमा शम्भु महतो र राजु साह सोनार चयन भएका छन् । संघको सल्लाहकारमा राम सर्राफ, अजय गुप्ता, विकास साह चयन भएका छन् ।
कार्यक्रममा नेपाल कराँते प्रदेश समितिका विकास साह, दिलीप पटेल, नेपाल कराँते संघ, पर्साका अध्यक्ष राजु सा हलगायतको सहभागिता रहेको थियो ।

Related posts

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेड

hamronepaldainik

लुम्बिनीले जित्यो एनपीएलको उपाधि

hamronepaldainik

टोकियो ओलम्पिक : इटलीका मार्सेल ज्याकोब्सले जिते पुरुष सय मिटर दौडमा स्वर्ण

hamronepaldainik
HamroNepalDainik