HamroNepalDainik.com
शिक्षासमाचार

एसइईको नतिजा आज साँझ सार्वजनिक गरिने

२१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए ।

उनले भने, ‘एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौँ ।’

Related posts

सत्यम पब्लिक कलेजमापनि महानगरको सिलबन्दी

hamronepaldainik

अनधिकृत परीक्षा दिइरहेका ८२ विद्यार्थीको उत्तर पुस्तीका महानगरले लियो नियन्त्रणमा

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

hamronepaldainik
HamroNepalDainik