HamroNepalDainik.com
समाचार

नारायणी अस्पतालमा सेवा ग्राहिले पाए ६१ लाख ५२ हजार बराबरको छुट

बिरगंज । नारायणी अस्पतालले २०७९/८० को सामाजिक शाखाको सोमबार वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । कार्यक्रममा नारायणी अस्पतालका प्रवक्ता एवम् सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले सामाजिक शाखाको २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उहाँले भने नारायणी अस्पताल बाट सबैभन्दा धेरै सेवासुविधा २२ लाख ६२ हजार १२० बराबरको सेवा लिएको थियो र सबैभन्दा कमसेवा सुविधा धोविनी गाउँपालिकाले लिएको बताए । त्यसैगरी सामाजिक सेवामा छुट ६१ लाख ५२ हजार ४७८ बराबरको सेवा पाएका छन् ।

नारायणी अस्पतालले गरिव तथा विपन्न जेष्ठ नागरिक ,अपांग ,लक्षित वर्ग,तथा बेवारिसे लगायतले यो सेवा सुविधा पाउने गरेको हो । नारायणी अस्पतालमा अहिले पनि आर्थिक अभाव र जनशक्तिको कमि भएकोले स्थानीय सरकारले ब्यवस्थापन गर्नमा सहयोग गर्नु पर्ने प्रवक्ता सिंहले बताएका छन् ।

नारायणी अस्पताल १९४९ तत्कालीन राणा प्रधानमन्त्री पृथ्वी वीर अस्पताल बाट शुरुआत भएको र हाल २०७५ साल अषाद २५ गतेदेखि ५०० शैयको स्तरोन्नति केन्द्रीय अस्पतालको रुपमा स्थापना भएको इतिहास रहेको छ। अस्पतालमा डाक्टर चिकित्सक नर्स तथा अन्य जनशक्तिको अभाव भएर भए पनि जनताको सेवामा सधैं लागि परेको डाक्टर सिंहले बताएका छन् ।

कार्यक्रममा नारायणी अस्पताल विकास समितिका राजेश चौधरी ,सदस्य रोशनी गुप्ता ,डाक्टर अरुण कुमार कर्ण,आकस्मिक विभाग प्रमुख श्रृति साह सदस्य ,सुरेन्द्र गुप्ता ,विरेश कुमार चौरसिया, तथा अन्य चिकित्सक पत्रकार लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजिकरण अधिकृत सोनालाल प्रसाद चौरसियाले गर्नु भएको थियो । नारायणी अस्पतालका मेसु डाक्टर चित्ररन्जन साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related posts

वीरगंज महानगरमा महाभीडन्तको तयारी, कस्ले मार्छ बाजी

hamronepaldainik

जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

hamronepaldainik

आयातमा कडाइपछि वीरगञ्जका भन्सारले भेट्टाएनन् लक्ष्य

hamronepaldainik
HamroNepalDainik