HamroNepalDainik.com
समाचारस्थानिय

सडक छेउमा पर्ने संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका

पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको छ।

शनिबारदेखि बिन्दबासिनी गाउँपालिकाले वडा नम्बर २ बहुवर्वा भाठ्ठामा सन्तु मियाँको घर देखि औध चौहानको घरसम्मको सडक छेउका संरचना हटाउन डोजर लगाइएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए।

बहुवर्वा भाठ्ठामा सडक पेटी र सडक छेउमा निर्माण गरिएको भवनमा पालिकाले डोजर लगाएको हो । बिन्दबासिनी गाउँपालिकाले हाल सञ्चालनमा रहेको सडकलाई २७ फिट चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पहिला ७ दिने सूचना आह्वान गरी जानकारी गराएको थियो त्यसपछि पालिकाले डोजर लाग्दा सम्पूर्ण गाउँवासीहरूको सहमति गरी १५ दिनको समय लिएका थिए हिजो १५ दिने समय वित्नसाथ आज पालिकाले डोजर चलाएको हो।

तर हालसम्म ७० प्रतिशत व्यक्तिहरूले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएपछि मात्र बाँकी रहेको ३० प्रतिशत घरमा पालिकाले डोजर प्रयोग गरी आफैं सरचना हटाउन सुरु गरेको अध्यक्ष तिवारीले बताए।

पहिलो चरणमा लगभग २ किलोमिटर लामो दूरीमा परेको घरहरूमा डोजर लगाई बाटो खाली गरिएको,‘ उनले भने।

Related posts

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

hamronepaldainik

जिराभवानी गाउँपालिका वडा नं। ३ जितपुरमा निःशुल्क आँखा शिविर

hamronepaldainik

श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा समपन

hamronepaldainik
HamroNepalDainik