HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दबासिनी गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाले एक सामुदायिक विद्यालयलाई कम्प्युटर उपलब्ध गराएकाे छ । गाउँपालिकाकाे वडा नं. ३ झाैवामा रहेकाे श्री राम स्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालयलाई मंगलबार गाउँपालिकाले १२ थान कम्प्युटर उपलब्ध गराएकाे हाे ।

विद्यालय मै पुगेर गाउँपालिका अध्यक्ष प्रमाेद तिवारी र प्रमुख प्रशासकिय अधिकृत राजु साहले विद्यालयका प्रधानाध्यापक रामचन्द्र महताेलाई साे कम्प्युटर हस्तान्तर गरेका हुन् ।

विद्यालयमा अध्ययनरत छात्र/छात्राकाे प्राबिधिक ज्ञानलाई मध्य नजर गर्दै कम्प्युटर उपलब्ध गराइएकाे गाउँपालिका अध्यक्ष तिवारीले बताए  । उनले आफ्नाे कार्यकालमा बिन्दवासिनी गाउँपालिकाकाे शिक्षा क्षेत्रलाई आधुनिकिकरण गरि सम्पुर्ण विद्यार्थीकाे पहुँच सम्म प्राबिधिक शिक्षा पुर्याउँने आफ्नाे लक्ष्य रहेकाे बताए

प्रमुख प्रशासकिय अधिकृत साहले आफै विद्यालयमा कम्प्युटर सेटप गर्दै चलाएर समेत देखेका थिए । उनले गाउँपालिकाले आवश्यकता अनुसार सधै बिद्यालय तथा विद्यार्थीकाे हक हितका लागि हर सम्भव सहयाेग गर्ने बताए ।

साे अवसरमा नेपाल शिक्षक संघका अध्यक्ष नन्दु कुमार प्रसाद यादव, शिक्षकहरू सँजय सर्राफ, सुकदेव प्रसाद चाैरसिया, शिव कुमार कलवार, अमाेद दास तत्वा, प्रमाेद चाैहान, बिनाेद चाैरसिया, धनिलाल दास तत्वा, अरबिन्द ठाकुर, अनुपा पटेल, मुकलेश गद्दी, संजय गुप्ता लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Related posts

तीज व्रतको दिन पशुपति पुगिन् राष्ट्रपति

hamronepaldainik

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

hamronepaldainik

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंजका कार्यसमितिको सपथग्रहण सम्पन्न

hamronepaldainik
HamroNepalDainik