HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

महानगरसँग सहमती भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता

वीरगञ्ज नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलन फिर्ता लिने र पठन पाठन शुचारु गर्ने निर्णय गरेको छ । बिहीबार वीरगंज महानगरपालिका र नेपाल शिक्षक महासंघ वीरगंज महानगर समिति विच भएको सहमती अनुसार आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएर पठन पाठन शुचारु गर्ने निर्णय गरेको हो । सरुवाको विषयलाई लिएर आन्दोलीत भएका शिक्षकहरु महानगरले शरुवा गरेको स्थानमा हाजीर हुन सहमत भएका छन । सहमतिको बुँदा नम्बर ८ मा लेखिएको छ, “बुँदा नम्बर १ र २ मा उल्लेखीत मागहरुको सन्दर्भमा हाल सरुवा भएको ठाउँमा हाजिर हुने र समस्या भएकाको हकमा एक महिनामा निवेदन पर्न आएको आधारमा समस्या समाधान गर्दै जाने” भनीएको छ । त्यस्तै सहमतिमा प्रत्येक महिना प्रधानाध्यापकहरुसँग बैठक बस्ने र तोकिएबमोजिमको बैठक भत्ता उपलब्ध गराउने, विद्यालयलाई शान्ती क्षेत्र कायम गर्न आचार संहिता लागु गर्ने, महानगरका शिक्षा सम्बन्धि समितिमा शिक्षक महासंघको प्रतिनिधिलाई सहभागि गराउने, दरबन्दि मिलान गरी नपुग विषयगत शिक्षक र कर्मचारीको व्यवस्थापन गर्ने र शिक्षक कर्मचारीको सरुवा गर्न सुझाव दल गठन गरी सुझाव लिने निर्णय गरिएको छ । वार्तामा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण र शिक्षा अधिकृत हरि राउत सहभागि रहेका थिए । यस्तै शिक्षकहरुको तर्फबाट नेपाल शिक्षक महासंघका महानगर अध्यक्ष एवं बार्ता टोली संयोजक विनोद मेहताको नेतृत्वमा नेपाल शिक्षक संघका अध्यक्ष प्रदीप जयसवाल, समाजवादी शिक्षक फोरमका अध्यक्ष हरेन्द्र चौरसिया, एकिकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष रामेश्वर पटेल र नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव रेयाज आलमको सहभागिता रहेको थियो ।

Related posts

कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्ष महतो र चौरसियालाई कारवाहीको माग

hamronepaldainik

टेम्पो संघको नाममा अवैध असुली

hamronepaldainik

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

hamronepaldainik
HamroNepalDainik