HamroNepalDainik.com
समाचार

लागूऔषध गाँजासहित छिपहरमाईका मियाँ पक्राउ

८ जेठ, मकवानपुर ।  मकवानपुरको हेटाैडाबाट भारतिय कारमा ९२ किलो ग्राम लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले कार चालक भारत मोजफुर बस्ने बर्ष २२ को अमित कुमार दुबे, कारमा सवार पर्साकाे छिपरमाई गाँउपालिका वडा नं. ९ बस्ने बर्ष ५० को नैमुदिन मियाँ र मकवानपुरकाे कैलाश गाउँपालिका वडा नं. १० बाझोखेत बस्ने बर्ष ६० को बुद्धिमान थोकरलाई नियन्त्रणमा लिएकाे हाे ।
विशेष सुचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलीले आइतबार विहान अन्दाजी ०५:३० बजेको समयमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. ०१ चौकीटोल स्थित प्रहरी चौकी चौकीटोल अगाडी सडकबाट तीनै जनालाई नियन्त्रणमा लिएकाे हाे ।
बिआर०१बिएन१५१८ नम्बर‍को भारतिय कारलाई रोकी चेकजांच गर्ने क्रममा कार चालक दुबे, कारमा सवार मियाँ र मकवानपुरका थोकरलाई फेला पारी निजहरुको शरीर तथा उक्त कारको खानतलासी गर्दा कार भित्र पछाडीको सिट पछाडी फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागु औषध गाँजा ९२ किलो ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।
फेला परेकाे उक्त लागू औषधसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

Related posts

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

hamronepaldainik

कर्मचारी सरुवाले सुदूरपश्चिममा विपद : व्यवस्थापनमा बजेट निकासा भएन

hamronepaldainik

कलैया – ४ का वडाध्यक्ष यादवको दादागिरी, अदालतलाई अपहेलना गर्दै सडक विस्तारको नाममा रिसिबी साध्न निजी घर भत्काए

hamronepaldainik
HamroNepalDainik