HamroNepalDainik.com
प्रदेशसमाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी, १४ वैशाख (रासस) ः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।

कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गर्नुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Related posts

विन्दवासिनी गा.पा.–४ द्धारा १२० घरपरिवारलाई ग्यास चुल्हो सेट वितरण

hamronepaldainik

शक्तिप्लेट दानामा (वालुवा) मिसाएर ठगी

hamronepaldainik

कालिकामाई गाउँपालिकामा उपाध्यक्षले आफ्नो स्वार्थपुर्ति गर्न खोज्दा परिषद् अन्यौल

hamronepaldainik
HamroNepalDainik