वीरगज/
पर्साको पकहाँ मैनपुर गाउँपालिकाले उपाध्यक्ष कन्या विवाह अनुदान रकम वितरण समारोह सम्पन्न गरेकाे छ । गाउँपालिकामा उमेर पुगेर विवाह गर्ने महिलाहरुलाई प्राेत्साहन गर्न विवाह अनुदान कार्यक्रम लागु गरिएकाे उपाध्यक्ष सर्फुन नेसाले वताइन ।
उपाध्यक्ष कन्या विवाह अनुदान कार्यक्रम अन्तर्गत बिहिबार एक कार्यक्रमकाे बिच २६ जना कन्याहरुलाई ४५ हजारका दरले चेक हस्तान्तरण गरिएकाे छ । गाउँपालिकाको सभा हलमा भएकाे कार्यक्रममा २६ जनालाई ११ लाख १७ हजारको चेक हस्तान्तरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिका उपाध्यक्ष सर्फुन नेसाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुरेश मेहता र्हेका थिए । कार्यक्रममा २० बर्ष उमेर पुगेर बिवाह गर्ने २६ जना महिलाहरुलाई अभिभावककाे राेहबरमा अनुदान रकमकाे चेक हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले बताए ।
बालबिवाह, न्युनिकरण तथा अन्तका लागी गाउँपालिकामा उपाध्यक्ष कन्या विवाह अनुदान कार्यक्रम लागु भएपछि पालिकाका ५ वटै वडामा २० बर्ष उमेर पुगेर मात्रै विवाह गर्ने चल्नको विकास भएकाे छ । बाल विवाहले गर्दा शारिरिक, मान्सिक, आर्थिक तथा समाजिक विकासका साथै शिक्षामा हुने नोक्सानीको यो कार्यक्रमले निरुत्साहित गरेको वक्ताहरुले वताएका हुन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष मेहताले कन्या विवाह अनुदान कार्यक्रमले शिक्षाको सवाललाई पनि धेरै मदत गरेको वताए । उनले २० बर्ष घरमा बसेर कुर्नु भन्दा २० बर्ष सम्म अध्ययन अध्यापन गरी जीवनमा खुशी तथा सुख प्राप्त गर्नु नै राम्राे हुने वडा नम्बर १ धोरेकी संगीता कुमारी सोनीले बताईन ।
कार्यक्रम अन्तर्गत ३ जना दलित, २ जना मुस्लिम र २१ जना पिछडा बर्गका कन्याहरुले अनुदानकाे रकम पाएका छन् ।
२० बर्ष पारी भई बिहे गर्ने पुजा कुमारी राम, सबिना खातुन, अफसाना खातुन, शान्ति कुमारी राम, प्रियंका कुमारी, बिभा कुमारी, चान्दनी कुमारी लगायत २६ जनालाई अनुदान रकमकाे चेक हस्तान्तरण गरिएकाे हाे ।
कार्यक्रममा पूर्व गाविस अध्यक्ष नसुरल्लाह मियाँ, कांग्रेस नेता लक्ष्मण पटेल, वडा नम्बर १ का वडाध्यक्ष बलिराम चौरसिया, प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाह, कार्यपालिका सदस्य रामावती देवी लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा राकेश कुश्वाहा, समाजसेवी बिरेन्द्र यादव, कार्यपालिका सदस्य नेक महम्मद मियाँ, रामबहादुर साह लगायत कन्या र अभिभावक सहित कर्मचारीहरुको सहभागीता रहेको थियो भन्ने कार्यक्रमकाे संचालन अनिल साहले गरेका थिए ।